एजेन्सी । लेबनानमा इजरायलले गरेको भीषण हवाई आक्रमणमा एकैदिन ३९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी शहर साक्साकियेहमाथि भएको इजरायली आक्रमणमा एक बालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ ।
अन्य १५ जना घाइते भएका छन्, जसमा तीन बालबालिका पनि रहेका छन् ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भने आफूले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।
आक्रमणबाट सर्वसाधारण प्रभावित भएको विषयमा जानकारी रहेको पनि आईडीएफले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल १६ मा इजरायल र लेबनानबीच युद्धविराम घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्लाहबीच लगातार आक्रमण–प्रत्याक्रमण जारी छ ।