Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इजरायलले दक्षिणी लेबनानमा गर्‍यो भीषण हवाई हमला

इजरायलले दक्षिणी लेबनानमा गर्‍यो भीषण हवाई हमला

बिहिवार , जेठ १४, २०८३

एजेन्सी । इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा रहेको हेजबुल्लाहको स्थानलाई लक्ष्य गरी व्यापक हवाई हमला गरेको छ ।

यसअघि आजै इजरायली सेनाले दक्षिणी लेबननको ठुलो भाग खाली गर्न आदेश दिएको थियो।

लेबननको सबैभन्दा ठुला सहरमध्ये एक टायरको भिडिओ मानिसहरू भत्किएका भवन आसपास धुलोको बादलमा हराएको देखिएको छ। 

यसअघि इजरायल रक्षा बल (आईडीएफ) ले मानिसहरूलाई इजरायली सीमाबाट लगभग ४० किलोमिटर टाढा रहेको जहरानी नदीको उत्तरतिर सर्न आग्रह गरेको थियो। 

लेबननको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार इजरायलले बिहीबार बिहान टायर सहर र यसको पूर्वी भागमा दुईपटक हवाई आक्रमण गरेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077