एजेन्सी। इजरायल र लेबनान आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएका छन् ।
अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले वासिङ्टनमा सम्पन्न भएको शान्ति वार्ता फलदायी भएको बताएका छन् ।
छलफलले दुई देशबिच स्थायी शान्तिलाई अगाडि बढाउने, एक अर्काको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई पूर्ण मान्यता दिने र उनीहरूको साझा सीमामा वास्तविक सुरक्षा स्थापना गर्ने पिगटलाई उदृत गर्दै अल जजिराले जनाएको छ।
इजरायलले शुक्रबार दक्षिण लेबनानमा गरेको आक्रमणमा सात जनाको मृत्यु भएपछि युद्वविराम प्रयास गरिएको लेबनानको सरकारी मिडियालाई उद्धृत गर्दै अल जजिराले रिपोर्ट गरेको छ।
लेवनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च-२ देखि इजरायलले गरेको आक्रमणमा दुई हजार ९५१ जनाको मृत्यु भएको छ।
यद्यपि जारी शान्ति वार्ताको बिचमा, हेजबुल्लाहले बुधबार दक्षिणी लेबनानमा इजरायली सैन्य केन्द्र सवारी साधनहरूलाई लक्षित गरी १७ वटा अपरेसन गरेको इरानी मिडियाले जनाएको छ।
अपरेसनहरूमा आठ वटा ड्रोन आक्रमण, पाँचवटा क्षेप्यास्त्र वा रकेट आक्रमण, एउटा तोपखाना आक्रमण र एउटा निर्देशित क्षेप्यास्त्र प्रक्षेपण समावेश रहेको मिडियाले जनाएको छ।
यसैबिच, मे -२९ मा पेन्टागनमा “सुरक्षा ट्र्याक“ सुरु हुने र यसमा इजरायल र लेबनानका दुवै अधिकारीहरू उपस्थित हुने जनाइएको छ।
यस्तै इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले आफ्नो आधिकारिक टेलिग्राम च्यानल मार्फत केही समय अघि दक्षिणी लेबनानमा आईडीएफ सैनिकहरू क्षेत्रमा पहिचान गरिएको हवाई लक्ष्य तर्फ इन्टरसेप्टर प्रक्षेपण गरिएको जनाएको छ।