Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

युद्धविराम घोषणाका बाबजुद पनि लेबनानमा इजरायली हवाई आक्रमण, १२ जनाले ज्यान गुमाए

युद्धविराम घोषणाका बाबजुद पनि लेबनानमा इजरायली हवाई आक्रमण, १२ जनाले ज्यान गुमाए

मंगलवार , जेठ १२, २०८३

एजेन्सी । पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि १२ जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्।

मङ्गलबार भएको शृंखलाबद्ध आक्रमण पूर्वी तथा दक्षिणी लेबनानका बस्तीहरूलाई लक्षित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अप्रिल १६ देखि युद्धविरामको घोषणा भए बाबजुद पनि इजरायलले दक्षिणी लेबनानमा सैन्य कारबाही जारी राखेको हो।

निरन्तरको आक्रमणका कारण बिग्रँदै गएको यस क्षेत्रको सुरक्षा र मानवीय अवस्थाबिच मे १५ मा दोस्रो पटक ४५ दिनका लागि युद्धविराम विस्तार गरिएको थियो।

आक्रमणपछि प्रभावित क्षेत्रबाट सर्वसाधारणको विस्थापन बढेको छ। विशेषगरी बेरुतको दक्षिणी क्षेत्रमा त्रास फैलिएको बताइएको छ।

लेबनानको स्वास्थ्य निकायका अनुसार पछिल्ला महिनाहरूमा जारी आक्रमणमा हजारौँ मानिस प्रभावित भएका छन्। 

लेबननको जनस्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपत्‌कालीन सञ्चालन केन्द्रका अनुसार मार्च २ देखि इजरायली आक्रमणमा तीन हजार १८५ जनाको मृत्यु भएको छ भने नौ हजार ६३३ जना घाइते भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077