Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, अनेक गतिविधिबाट अगाडि बढ्न खोजे प्रतिवाद गर्ने चेतावनी

सरकारको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, अनेक गतिविधिबाट अगाडि बढ्न खोजे प्रतिवाद गर्ने चेतावनी

आइतवार , जेठ ३, २०८३

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सही ट्र्याकमा नचलेको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले  नयाँ सरकार बने पनि राजनीति अझै सही ट्र्याकमा अघि बढ्न नसकेको बताएका हुन् ।

'झण्डै दुईतिहाइको सरकारले १०० दिने कार्ययोजना सार्वजनिक गर्दा आशा जागेको थियो । तर, पछि सरकार संसद्लाई छल्दै अघि बढ्न खोजीरहेको देखियो । सरकारका सकारात्मक काममा सहयोग गर्ने र दिएका सुझावलाई बेवास्ता गरिए प्रतिवाद गर्ने छौँ,' उनले भनेका छन् ।

अध्यादेशमार्फत सरकारले अस्वाभाविक ढंगले काम गरिरहेको उनको आरोप छ ।

उनले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनको निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढङ्गले सहयोग गर्ने  बताए।
तर सरकार अनेक गतिविधि अगाडि बढ्न थाले, नसुध्रिए सदन र सडकबाट आन्दोलन गर्न बाध्य हुने उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077