Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तुइन खोलाको पहिरो अझै पन्छिएन, यात्रुहरु अलपत्र

तुइन खोलाको पहिरो अझै पन्छिएन, यात्रुहरु अलपत्र

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनेर खसेको पहिरोका कारण यात्रुहरु अलपत्र परेका छन् ।

आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको हो ।

पहिरो झरिरहेकाले पन्छाउन समय लागेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको छ ।

सवारी आवागमन खुलाउन कटिबद्ध भई लागिपरेको सडक डिभिजनले जनाएको छ ।

‘चाडपर्वको अवसर पारेर हिँड्नुभएका कैयौँ यात्रु महानुभावहरू पहिरोका कारण समयमै आफ्नो गन्तव्यमा पुग्न नपाउँदा हामीलाई दुःख लागेको छ,’ सडक डिभिजनले भनेको छ–‘छिटोभन्दा छिटो सवारी आवागमन सुचारु गर्न हामी कटिबद्ध भई लागिपरेका छौँ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077