काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो केन्द्रीय समिति बैठक सुरू भएको छ ।
पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सकिएसँगै पार्टी कार्यालय घण्टीघरमा बैठक बसेको हो ।
गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
महाधिवेशनबाट सभापतिमा रवि लामिछाने, स्वर्णिम वाग्ले, सोविता गौतम उपसभापतिमा, विपिन आचार्य महामन्त्रीमा, हरि ढकाल, असिम शाह र निशा डाँगी सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।
पार्टी विधानअनुसार १९ पदाधिकारीमध्ये वरिष्ठ नेतासहित ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य पछि मनोनीत गरिने व्यवस्था छ ।
त्यसैले शपथग्रहणपछि लग्त्तै केन्द्रीय समिति बैठक बसेको हो । उक्त बैठकले मनोनित हुने ५१ जनाको विषयमा छलफल गर्ने बताइएको छ ।