Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन- सांसदका प्रश्नको सदनमै जवाफ दिनू

सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन- सांसदका प्रश्नको सदनमै जवाफ दिनू

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका प्रश्नको जवाफ समयभित्रै सरकारलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय सभाको आईतबारको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका हुन् ।

'राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु,' सरकारलाई रुलिङ गर्दै उनले भनेका छन् ।

राष्ट्रिय सभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जबाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो ।

त्यसैलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले मन्त्रीहरूलाई जवाफदेही बन्न निर्देशन दिएका हुन्।

सांसदहरूले विशेषगरी प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिसहित विभिन्न विषयमा सरकारको जवाफ खोजेका छन् ।

सांसदहरूको निरन्तर ध्यानाकर्षणपछि अध्यक्ष दाहालले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन यस्तो निर्देशन जारी गरेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077