Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

उत्तर कोरियाले गर्‍यो नयाँ विध्वंसक युद्धपोत ‘काङ कोन’को सफल परीक्षण

उत्तर कोरियाले गर्‍यो नयाँ विध्वंसक युद्धपोत ‘काङ कोन’को सफल परीक्षण

सोमवार , आषाढ २२, २०८३

एजेन्सी । उत्तर कोरियाले पाँच हजार टन क्षमताको नयाँ विध्वंसक युद्धपोत ‘काङ कोन’ को सफल परीक्षण गरेको दाबी गरेको छ ।

राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार नेता किम जोङ उनले युद्धपोतको परीक्षणसँगै क्रुज मिसाइल प्रक्षेपण तथा विद्युतीय युद्ध प्रणालीको निरीक्षण गरेका छन् ।

केसीएनएका अनुसार परीक्षण गत शुक्रबार सम्पन्न भएको हो। यो परीक्षण अर्को पाँच हजार टन क्षमताको विध्वंसक जहाज ‘चोए ह्योन’ नौसेनामा औपचारिक रूपमा समावेश भएको दुई साताभित्रै गरिएको हो।

परीक्षणपछि किमले ‘काङ कोन’ को सम्पूर्ण परीक्षण प्रक्रिया जिम्मेवारीपूर्वक सम्पन्न गरी दुई महिनाभित्र उत्तर कोरियाली नौसेनालाई हस्तान्तरण गर्न निर्देशन दिएका छन्।

केसीएनएले सार्वजनिक गरेका तस्बिरहरूमा किम जोङ उन पहेँलो टोपी लगाएर समुद्री टापुको उच्च स्थानबाट मिसाइल परीक्षण अवलोकन गरिरहेको देखिन्छ। अर्को तस्बिरमा ‘काङ कोन’ बाट समुद्रतर्फ मिसाइल प्रहार हुँदा धुवाँको ठूलो मुस्लो उठिरहेको दृश्य सार्वजनिक गरिएको छ।

निरीक्षणका क्रममा किमले देशको ‘युद्ध निरोधक क्षमता’ थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उत्तर कोरियाको ‘पूर्ण सैन्य शक्ति’ प्रदर्शन गर्ने प्रतिबद्धता दोहोर्‍याएको केसीएनएले जनाएको छ।

यसअघि ‘चोए ह्योन’ को कमिसनिङ समारोहमा किमले उत्तर कोरियाली नौसेनालाई आणविक हतियार बोक्न सक्ने क्षमतासहित आधुनिक बनाउने तथा भविष्यमा १० हजार टन क्षमताका नयाँ युद्धपोत विकास गर्ने योजना सार्वजनिक गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077