Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानमा नयाँ सर्वोच्च नेताको चयनलाई उत्तर कोरियाको समर्थन

इरानमा नयाँ सर्वोच्च नेताको चयनलाई उत्तर कोरियाको समर्थन

बुधवार , फाल्गुण २७, २०८२

एजेन्सी । इरानले नयाँ सर्वोच्च नेता चयन गर्ने निर्णयको उत्तर कोरियाले सम्मान गरेको छ । उत्तर कोरियाली विदेश मन्त्रालयका एक अधिकारीले इरानी जनतालाई आफ्ना सर्वोच्च नेता छनोट गर्ने पूर्ण अधिकार रहेको बताएका हुन् ।

इरानका पूर्व सर्वोच्च नेताअली खामेनीको मृत्युपछि उनका दोस्रो छोरा मोज्तबा खामेनी नयाँ सर्वोच्च नेताका रूपमा चयन भएका छन् ।

उत्तर कोरियाले नयाँ नेतृत्वलाई पूर्ण समर्थन गर्ने घोषणा गर्दै अमेरिका र इजरायलको कडा आलोचना गरेको छ । प्योङयाङले अमेरिका र इजरायलले आफ्ना गतिविधिमार्फत क्षेत्रीय शान्ति र सुरक्षा कमजोर बनाइरहेको तथा विश्वव्यापी अस्थिरता बढाइरहेको आरोप लगाएको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै प्योङयाङले इरानको निर्णयको सम्मान गर्ने जनाएको उल्लेख गरेको छ।

'इरानी विशेषज्ञ सभाले इस्लामिक क्रान्तिको नयाँ नेता चयन गरेको घोषणाको सन्दर्भमा हामी इरानी जनताको आफ्नो सर्वोच्च नेता चयन गर्ने अधिकारको सम्मान गर्छौं,' प्रवक्तालाई उद्धृत गर्दै केसीएनएले जनाएको छ।

प्रवक्ताले अमेरिका र इजरायलले इरानमाथि ‘अवैध सैन्य आक्रमण’ गरेको आरोप लगाउँदै यसले क्षेत्रीय शान्ति र सुरक्षा कमजोर बनाइरहेको दाबी गरेका छन्। साथै कुनै पनि देशको राजनीतिक प्रणाली र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने कार्य अस्वीकार्य रहेको भन्दै यसको विश्वव्यापी रूपमा निन्दा हुनुपर्ने बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077