Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

सरकारी जग्गामा बनेका कर्मचारी संगठनका भवन ३ दिनभित्र खाली गर्न सरकारको अल्टिमेटम

सरकारी जग्गामा बनेका कर्मचारी संगठनका भवन ३ दिनभित्र खाली गर्न सरकारको अल्टिमेटम

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । सरकारले सरकारी स्वामित्वको जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारीका ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेसँगै ती संगठनले सरकारी जग्गा प्रयोग गर्ने कानुनी आधार समाप्त भएको जनाएको हो।

मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार तथा श्रम तथा व्यावसायजन्य सुरक्षा विभागबाट सम्बन्धित ट्रेड युनियनहरूको दर्तासमेत खारेज भइसकेकाले सरकारी जग्गामा रहेका भवन तथा संरचना तत्काल खाली गरिनुपर्ने अवस्था सिर्जना भएको हो।

जारी सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी कागजात, चलअचल सम्पत्तिको जिम्मेवारी तथा भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनुपर्नेछ।

मन्त्रालयले तोकिएको समयभित्र संरचना खाली नगरे प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूको रोहवरमा सम्बन्धित भवनहरूमा समेत सूचना टाँसिएको छ।

सरकारको निर्देशन लागू हुने संगठनहरूमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाललगायत रहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077