Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

सरकारले गर्‍यो १५ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयमा भट्ट

सरकारले गर्‍यो १५ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयमा भट्ट

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो।

सरुवा सूचीअनुसार अर्थ मन्त्रालयका श्यामप्रसाद भण्डारीलाई राष्ट्रपतिको कार्यालयमा र गजेन्द्र कुमार ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत भीष्मकुमार भुसाल र यमलाल भुसाललाई अर्थ मन्त्रालयमा पठाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेमप्रसाद आचार्यलाई पनि अर्थ मन्त्रालयमै सरुवा गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयका रामदत्त भट्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । 

यस्तै सरकारले मधेस, कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सचिवहरूको पनि सरुवा गरेको छ ।

परराष्ट्र मन्त्रालयका विन्देश्वर प्रसाद लेखकलाई मधेश प्रदेशमा अर्थका रमेश अर्याललाई गण्डकी प्रदेश र भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको प्रदेश सचिवमा पठाइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077