Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, प्रधानमन्त्री बालेनसँग भेट्ने

एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, प्रधानमन्त्री बालेनसँग भेट्ने

'विश्व निकेतन विद्यालयको गरे अनुगमन'

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) अध्यक्ष मासातो कान्दाले त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालय अनुगमन गरेका छन् ।

आइतबार राति काठमाडौं आइपुगेका अध्यक्ष कान्दाले एडीबीका उच्च अधिकारीहरु सहित विद्यालयको अनुगमन गरेका हुन्।

उनको साथमा एडीबीको दक्षिण एशिया विभागकी महानिर्देशक सोना श्रेष्ठ पनि रहेकी छिन्। उनी नेपाली नागरिक हुन्।

उनले एडीबीको सहयोगमा सञ्चालित अरु आयोजनाको पनि अनुगमन गर्नेछन्। नेपाल सरकार र एडीबीबीच ५ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर हुनेछ। त्यो पैसा भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार सहजीकरणका लागि खर्च गरिनेछ।

m.jpg

एडीबी नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो। अध्यक्ष कान्डाका अनुसार हाल नेपालमा एडीबीको लगानीमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विकास आयोजनाहरू सञ्चालनमा छन्।

रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा एडीबीले सहयोग जारी राख्ने उनले बताएका छन्।

स्रोतका अनुसार एडीबीका अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्लेलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले कुनै पनि विदेशी कुटनीतिज्ञ वा उच्च अधिकारीसँग व्यक्तिगत भेट नगरेको कदमलाई धेरैले राज्यको मर्यादा र कुटनीतिक प्रोटकलको पालना गरेको भन्दै प्रशंसा पनि गरेका छन्।

भेटमा नेपालको आर्थिक विकासलाई गति दिन पूर्वाधार, ऊर्जा, यातायात, शहरी विकास तथा जलवायु–सम्बन्धी परियोजनामा एडीबीको सहयोग अझ विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077