Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले गर्‍यो ८ राष्ट्रिय निजामती कर्मचारी संगठन र ट्रेड युनियन खारेज

सरकारले गर्‍यो ८ राष्ट्रिय निजामती कर्मचारी संगठन र ट्रेड युनियन खारेज

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रिय स्तरका आठ निजामती कर्मचारी संगठन खारेज भएको घोषणा गरेको छ ।

वैशाख २३ गतेको निर्णयअनुसार विभागले सूचना प्रकाशित गर्दै लामो समयदेखि सक्रिय रहेका विभिन्न कर्मचारी संगठनहरू खारेज गरिएको जनाएको हो ।

विभागका अनुसार खारेजीमा पर्ने संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन र नेपाल मधेसी निजामती कर्मचारी संघ रहेका छन्। यससँगै नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल पनि खारेजी सूचीमा परेका छन्।

त्यसैगरी, राष्ट्रिय स्तरका ट्रेड युनियनहरूमा पनि व्यापक प्रभाव परेको छ। विभागले नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनलाई समेत खारेज गरेको जनाएको छ।

विभागमा दर्ता भई क्रियाशिल सबै राष्ट्रियस्तरको निजामती कर्मचारीहरुको ट्रेड युनियन र राष्ट्रियस्तरको स्वास्थ्य सेवाका कर्मचारीहरुको ट्रेड युनियन संवत् २०८३ सालको अध्यादेश नम्बर ०७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को आधारमा पञ्जिकाधिकारीको २३ गतेको निर्णयबाट खारेज भएको विभागका प्रवक्ता ई. मणिनाथ गोपले जानकारी दिए ।

null

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077