Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ट्रम्प दक्षिण कोरिया पुग्नुअघि उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण

ट्रम्प दक्षिण कोरिया पुग्नुअघि उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण

बुधवार , कार्तिक १२, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरियाको भ्रमणमा जानुअघि नै उत्तर कोरियाले जमिनदेखि–हावातर्फ प्रहार हुने नयाँ क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ ।

राज्य सञ्चालित माध्यमका अनुसार उक्त क्षेप्यास्त्र ठाडो रूपमा प्रक्षेपण गरिएको थियो र करिब ७,८०० सेकेन्डसम्म हावामा रह्यो । यो परीक्षणलाई उत्तर कोरियाले आफ्ना आणविक हतियार क्षमतालाई वैधानिक रूपमा प्रस्तुत गर्ने प्रतीकात्मक प्रयासका रूपमा व्याख्या गरिएको छ।

बीबीसीका दक्षिण कोरिया संवाददाता जेक क्वोनका अनुसार, ट्रम्पको भ्रमणको ठीक पूर्वसन्ध्यामा भएको यो परीक्षण उत्तर कोरियाको “शक्तिप्रदर्शन” र “सन्देशमूलक कदम” हो।

राष्ट्रपति ट्रम्प एसिया–प्रशान्त आर्थिक सहयोग बैठकमा सहभागी हुन दक्षिण कोरिया जाँदैछन्। उनको भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने कुनै तयारी नभएको बताइएको छ।

आजै ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङसँग भेट्ने कार्यक्रम छ। दुवै नेताबीचको वार्तामा व्यापार सम्झौता र क्षेत्रीय सुरक्षासम्बन्धी मुद्दाहरू मुख्य एजेन्डा रहने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077