Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : संसदीय छानबिन विशेष समितिद्वारा कार्यविधि पारित

काठमाडौं । सहकारी संस्थाको बचत रकम अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको तेस्रो बैठक आज बसेको छ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको छानबिन समितिले सुझावससहित आन्तरिक कार्यविधि सर्वसम्मतले पारित गरेको हो ।

विगतमा विभिन्न छानबिन समिति, जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरिएकोमा अधिक संख्यामा पत्र प्राप्त भएको र बाँकी प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिइएको छ ।

समितिले तथ्य र सूचना सङ्कलनका लागि कार्यसूची तय गरेको छ । पहिलो चरणमा सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलनका लागि कार्यसूची तय भएको सभापति सूर्य थापाले बताए ।

बैठकले समितिले औपचारिक रूपमा काम अगाडि बढाउन सबै तयारी गरेको उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077