Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

'सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति' को बैठक बस्दै, कार्यविधिमा छलफल हुने

काठमाडौं । 'सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति' को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुनेछ । बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077