Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सहकारी प्रकरण : संसदीय छानबिन विशेष समितिको बैठक बस्दै

काठमाडौं । सहकारी संस्थाको बचत रकम अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको तेस्रो बैठक आज बस्दैछ ।

बैठक सिंहदरबार स्थित समितिको कार्यलयमा दिउँसो २ बजे बस्न लागेको हो ।

समितिले कार्यबिधि र कार्ययोजना बनाइसकेकाले आज बस्ने बैठकले अनुसन्धानका क्रममा जाने टोली, भेट गर्ने व्यक्ति र आवश्यक कागजात कहिलेसम्म संकलन गर्ने लगायतका विषयमा निर्णय गर्ने तयारी गरेको छ ।

यो बैठकले ठोस निर्णय गरेपछि समिति विस्तृत रूपमा अगाडि बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077