Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रोल्पा जिप दुर्घटना : प्रचण्डद्वारा दुःख व्यक्त, सरकारसँग राहत र उपचारको माग

रोल्पा जिप दुर्घटना : प्रचण्डद्वारा दुःख व्यक्त, सरकारसँग राहत र उपचारको माग

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहालले रोल्पाको थबाङमा भएको जिप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै नेकपाका संयोजक दाहालले दुर्घटनामा ज्यान गुमाएका २० जनाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनामा परी ठूलो मानवीय क्षति भएको खबरले आफू स्तब्ध र मर्माहत भएको उनले उल्लेख गरेका छन्।

मृतकमध्ये अधिकांश रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, टाकुराका बासिन्दा रहेको जनाउँदै उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

दाहालले घाइतेहरूको निस्शुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न तथा मृतकका परिवारलाई उचित राहत र सहयोग सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

साथै, उनले सुरक्षा निकायसँग समन्वय गर्दै उद्धार र राहत कार्यलाई तीव्र बनाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077