Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्री बालेनलाई प्रश्न - सिंगो ढिकुटीको साँचो बोकेका अर्थमन्त्री देश बनाउने टोलीमा परेनन् ?

प्रधानमन्त्री बालेनलाई प्रश्न - सिंगो ढिकुटीको साँचो बोकेका अर्थमन्त्री देश बनाउने टोलीमा परेनन् ?

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग अँगालो हालेको फोटो सार्वजनिक गरेपछि बहस सुरु भएको छ ।

प्रधानमन्त्री शाहले आइतबार साँझ आफ्नो फेसबुकमार्फत “देश बनाउने टोली” भन्दै दुई मन्त्रीसँगको तस्वीर मात्र सार्वजनिक गरेका हुन् । तस्वीरमा तीनै जना कालो चस्मा लगाएर अँगालो हालेको देखिन्छ ।

तर बालेन नेतृत्वको मन्त्रिपरिषद्मा हाल १६ जना मन्त्री रहेका छन् । त्यसैले प्रधानमन्त्रीले सार्वजनिक गरेको तस्वीरमा सीमित मन्त्री मात्र देखिनु र अन्य मन्त्रीहरू छुट्नुले प्रश्न चिन्ह खडा गरेको छ ।

विशेषगरी सिंगो ढिकुटीको साँचो बोकेका अर्थमन्त्री स्वर्णिम वाग्ले देश बनाउने टोलीमा किन नपरेको भन्दै सामाजिक सञ्जालमा प्रश्न गरिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077