काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणीले गरेका छन् ।
शनिबार राति आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमार्फत प्रधानमन्त्री शाहले राजदूत नियुक्तिसम्बन्धी विषयलाई संकेत गर्ने शैलीमा स्टाटस लेख्दै प्रधानमन्त्रीको नम्बर मागेका हुन् ।
उनले लेखेका छन्, ‘मलाई पनि एम्बेसेडर (राजदूत) बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न ?’
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न कोणबाट व्याख्या गरिरहेका छन् ।