Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विष्णु पौडेलले भने- एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन

विष्णु पौडेलले भने- एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन

शनिवार , पौष १९, २०८२

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमै निर्वाचन हुन्छ भन्ने विषयमा अझै विश्वस्त हुन नसकिने बताएका छन् ।

शनिबार बुटवलमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण सुनिश्चित नगरी निर्वाचन सफल हुन नसक्ने बताए । उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउन आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै सो दिशामा सरकारको ध्यान पर्याप्त नपुगेको जिकिर गरे ।

उनका अनुसार निर्वाचनसँग जोडिएका मुख्य तयारीका कामहरू प्रभावकारी रूपमा अघि नबढेकाले तोकिएकै मितिमा निर्वाचन हुने कुरामा आश्वस्त हुन कठिन भएको हो ।

उनले भने- ‘निर्वाचन तोकिएको मितिमै होस् भन्ने हाम्रो चाहना हो, तर त्यो निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ । सबै मतदाताले निर्भयताका साथ मतदान गर्न सकून् र सबै राजनीतिक दलले समान रूपमा प्रतिस्पर्धा गर्न पाउने अवस्था बन्नुपर्छ ।’

सरकारलाई निर्वाचनको तयारीलाई गम्भीरतापूर्वक अघि बढाउन आग्रह गर्दै उनले निर्वाचनसँग सम्बन्धित सबै कामहरू समयमै र व्यवस्थित रूपमा अघि बढाउनुपर्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077