Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा, वन कर्मचारीमाथि अनुसन्धान सुरु

टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा, वन कर्मचारीमाथि अनुसन्धान सुरु

आइतवार , जेठ ३१, २०८३

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा खसालिएको घटनामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले घटनाबारे सोधपुछका लागि १० जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घटनामा संलग्न वन कर्मचारी तथा अन्य व्यक्तिहरूको भूमिका पहिचान गर्ने काम भइरहेको छ ।

शुक्रबार वन अतिक्रमण हटाउने अभियानका क्रममा स्थानीय धनादेवी धामीले खुद्रा पसल सञ्चालन गर्न प्रयोग गर्दै आएको टेम्पोलाई वन कर्मचारी र वन रक्षकहरूले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले राष्ट्रिय चर्चा पाएको थियो ।

भिडियो सार्वजनिक भएपछि वन कार्यालयको कार्यशैलीमाथि तीव्र आलोचना भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077