Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

तनुज चौधरी हत्या प्रकरण : मुख्य अभियुक्त भारत भाग्दै गर्दा पक्राउ

तनुज चौधरी हत्या प्रकरण : मुख्य अभियुक्त भारत भाग्दै गर्दा पक्राउ

मंगलवार , आषाढ २३, २०८३

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरी हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ निवासी २५ वर्षीय खेमराज कठायत (खगेन्द्र) रहेका छन्। उनलाई भारततर्फ भाग्ने तयारीमा रहेका बेला धनगढी–२ को भन्सार रोडबाट पक्राउ गरिएको हो।

प्रहरी नायब निरीक्षक (सई) सुशील चन्दको नेतृत्वमा खटिएको टोलीले कठायतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तनुज असार १० गते घरबाट बेपत्ता भएका थिए। त्यसको दुई दिनपछि असार १२ गते उनको शव स्थानीय बालिका सामुदायिक वनभित्र फेला परेको थियो। घटनाले धनगढी क्षेत्रमा ठूलो त्रास र आक्रोश सिर्जना गरेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालकले कानमा लगाएको सुनको मुन्द्रा लुट्ने उद्देश्यले हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ। शव फेला पर्दा उनले लगाएको सुनको मुन्द्रा गायब रहेको प्रहरीले जनाएको छ।

यसअघि अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि उनीहरूलाई पछि रिहा गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077