काभ्रे । लगातारको वर्षापछि तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
शनिबार रोशी खोलामा आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो भने सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।
त्यसपछि सडकमा पहिरो तथा दुर्घटनाको जोखिम बढेकाले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै राजमार्ग बन्द गरिएको थियो ।
जसकारण यसक्षेत्रमा चल्ने सवारीलाई मंगलटारमै रोकिएका थिए।
सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहयोगमा क्षतिग्रस्त डाइभर्सन ३ दिन लगाएर मर्मत गरिएपछि यातायात पुनः सञ्चालनमा ल्याइएको हो ।
गत वर्ष असोजमा आएको बाढीले सो क्षेत्रमा सडक बगाएको थियो भने गएको चैतमा पनि बाढीका कारण सडक पुनः क्षतिग्रस्त भएको थियो ।
उक्त स्थानमा रोशी खोलामाथि अस्थायी ‘डाइभर्सन’ बनाएर सवारी सञ्चालन हुँदै आएको छ।