Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पानी पर्न थालेसँगै बीपी राजमार्ग पुन: बन्द

पानी पर्न थालेसँगै बीपी राजमार्ग पुन: बन्द

सोमवार , बैशाख २१, २०८३

काभ्रे । पानी पर्न थालेसँगै काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा आवागमन पूर्ण रुपमा बन्द गरिएको छ। 

सोमबार दिउँसोदेखि पानी पर्न थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर सवारी आवागमन तत्कालका लागि पूर्ण रुपमा बन्द गरिएको हो । 

काभ्रेका विभिन्न स्थानमा दिउँसोदेखि अत्यधिक वर्षा भइरहेको छ। 

प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा आवागमन गर्न जोखिमपूर्ण भएकोले राजमार्ग बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ। 

गत वर्ष असोजमा आएको बाढीले सो क्षेत्रमा सडक बगाएको थियो भने गएको चैतमा पनि बाढीका कारण सडक क्षतिग्रस्त भएको थियो। उक्त स्थानमा रोशी खोलामाथि अस्थायी ‘डाइभर्सन’ बनाएर सवारी सञ्चालन हुँदै आएको छ। अहिलेको वर्षासँगै जोखिम बढेपछि सतर्कतास्वरूप राजमार्ग बन्द गरिएको प्रहरीले जनाएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि राजमार्ग बन्द रहने भएकाले सतर्कता अपनाउन भनिएको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ। 

यसअघि पनि बैशाख १२ गते बन्द गरिएको राजमार्ग तीन दिनपछि सञ्चालनमा आएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077