Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बीपी राजमार्गमा राति सवारी चलाउन रोक

बीपी राजमार्गमा राति सवारी चलाउन रोक

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । प्रि–मनसुन सक्रिय भएसँगै बढ्दो बाढी जोखिमका कारण बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा कडाइ गरिएको छ।

रोशी खोला क्षेत्रमा बाढीले सडक अवरुद्ध हुन थालेपछि सुरक्षा सतर्कता स्वरूप यस्तो निर्णय लिइएको हो।

जिल्ला प्रशासन कार्यालय सिन्धुली ले मंगलबार सूचना जारी गर्दै खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने जनाएको छ। यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ।

सोमबार बसेको जिल्ला सुरक्षा समिति बैठकले राजमार्गका संवेदनशील खण्डमा रातिको यात्रा अत्यन्त जोखिमपूर्ण देखिएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो।

प्रशासनका अनुसार रोशी खोलामा आउने आकस्मिक बाढीले सिन्धुली र काभ्रेपलाञ्चोक खण्डमा पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ।

निर्णय विपद् जोखिम न्यूनीकरणका लागि गरिएको समन्वयात्मक पहलअन्तर्गत लिइएको हो।

सम्बन्धित निकायहरूबीचको छलफलपछि यात्रु र सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै रातिको सवारी सञ्चालन रोकिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनले मौसमको अवस्था हेरेर आवश्यक परे जुनसुकै बेला थप प्रतिबन्ध लगाउन सकिने चेतावनीसमेत दिएको छ।

साथै, नेपालथोक–कटुञ्जेबेंसी खण्ड भएर यात्रा गर्ने यात्रु तथा चालकलाई विशेष सतर्कता अपनाउन, यात्रा अघि सडकको अवस्था बुझ्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077