Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

दुई बालिकालाई बलात्कारको कसुरमा १९ वर्ष जेल सजाय

तनहुँ । जिल्लाको भानु नगरपालिका-३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ।

तनहुँ जिल्ला अदालतले भानु नपा-३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एकरएक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ।

जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको आजको इजलासले उक्त दुई वटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष छ महिना कैद र क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए।

दुई मुद्दामा एकैजना अभियुक्त भएको र घटना एकैदिन भएको तथा दुवै मुद्दामा दोषी ठहर भएको हुँदा अधिकतम १९ वर्ष सजायको थप पाँच वर्ष कैद बस्नुपर्ने गौतमले बताए।

उक्त फैसलाअनुसार तामाङ २५ वर्ष कैद बस्नुपर्ने हुन्छ। तामाङले विसं २०७७ असार ३० गते सुस्तमनस्थिति भएका दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले सोही दिन इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा उजुरी दिएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077