Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गर्ने १९ वर्षीय युवक पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन्। टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारीलाई फेला पारेको हो।

बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगेर बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ।

उनलाई जिल्ला अदालत बारामा पेस गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077