Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक अर्बको मनी लाउन्डरिङ काण्ड : कान्तिपुर सहकारीका अध्यक्ष तामाङसहित १३ जनाविरुद्ध मुद्दा दायर

एक अर्बको मनी लाउन्डरिङ काण्ड : कान्तिपुर सहकारीका अध्यक्ष तामाङसहित १३ जनाविरुद्ध मुद्दा दायर

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष चन्द्रबहादुर तामाङविरुद्ध करिब एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा दायर गरिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार तामाङसहित १३ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालत मा मुद्दा दर्ता गरेको हो ।

हाल केन्द्रीय कारागार, सुन्धारामा थुनामा रहेका तामाङमाथि ९९ करोड ८० लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ। उनी पशुपति सेभिङ कोअपरेटिभका अध्यक्षसमेत हुन् ।

मुद्दामा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार कैद, जरिवाना र सम्पत्ति जफतको माग गरिएको छ। अभियोजनले तामाङको नाममा रहेको चल–अचल सम्पत्ति, नगद, सेयर तथा उनका पुत्र सुयोग्य तामाङको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न मागदाबी गरेको छ।

अन्य प्रतिवादीहरूमाथि पनि ठूला परिमाणमा सम्पत्ति जफतको माग गरिएको छ । जसमा हिमालय विक्रम मल्ल ठकुरी ३४ करोड १७ लाख २३ हजार, देवराज पराजुली ११ करोड ७० लाख ५४ हजार, प्रेमध्वज लामा २६ करोड ८० लाख १२ हजार, जोगलाल लामा ११ करोड ८३ लाख २१ हजार, सानुकान्छा लामा १ करोड १८ लाख ७४ हजार र नारायणप्रसाद रिमाल २१ करोड ४९ लाख ८७ हजार रुपैयाँ रहेको छ । 

त्यसैगरी ईन्दु थापा १ करोड ६२ लाख ८ हजार, कञ्चन तामाङ लामा ३ करोड ९५ लाख १५ हजार र उद्धवप्रसाद पाण्डेबाट ३ करोड ९२ लाख ३२ हजार रुपैयाँ जफतको माग गरिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077