Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

बिहिवार , माघ २२, २०८२

काठमाडौं । कोरियन भाषा परीक्षाअन्तर्गत कृषि तथा पशुपालन क्षेत्र तर्फको परीक्षा तालिका सार्वजनिक भएको छ। 

ईपीएस कोरिया शाखाले बिहीबार तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार परीक्षा आगामी फागुन ३ गतेदेखि सञ्चालन भइ २०८२ चैत १८ सकिने छन् । 

इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोका अनुसार परीक्षा ललितपुरको  भैंसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भवनमा सञ्चालन हुने छन् ।

जम्मा १८ सयको कोटा रहेको उक्त परीक्षामा ३५ हजार दुई सय अठार परीक्षार्थी सहभागि हुने छन् ।

हाल उत्पादनमूलक क्षेत्रको परीक्षा सञ्चालन भइरहेको छ। उत्पादनमूलक क्षेत्रको परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ।

 उत्पादनमूलक क्षेत्रको परीक्षा सकिएको केही दिनमा नै कृषितर्फको परीक्षा लिने तयारी गरिएको हो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077