Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

छोरा सुलभ पक्राउ परेको भोलिपल्टै कसरी छुटे शंकर अग्रवाल ?

छोरा सुलभ पक्राउ परेको भोलिपल्टै कसरी छुटे शंकर अग्रवाल ?

आइतवार , चैत्र २२, २०८२

काठमाडौं। सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन्।  प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले शुक्रबार राती पक्राउ परेका अग्रवाललाई आइतबार छोडेको हो।

व्यवसायीक साझेदार दीपक भट्ट पक्राउ परेसँगै प्रहरीले शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। आइतबार यही ग्रुपका सञ्चालक तथा अग्रवालका छोरा सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो ।

भट्ट पक्राउ परेसँगै फरार रहेका सुलभ बुबालाई प्रहरीले नियन्त्रणमा लिएसँगै प्रहरीको सम्पर्कमा आएका थिए। स्रोतका अनुसार शंकरलाई प्रहरीले पक्राउ गर्ने बेला सुलभ भारतमा थिए । 

बुबा पक्राउ परेलगत्तै नेपाल आएका उनलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । प्रहरीले शंकर ग्रुप र भट्टका कम्पनीबीच ४५ करोड अवैध कारोबार भएको तथ्य फेला पारेको छ । 

आज शंकर पक्राउ परेसँगै कतै प्रहरीले छोरा सुलभलाई पक्राउ गर्न उनको बुबालाई नियन्त्रणमा लिएको त होइन ? भन्ने प्रश्न उब्जिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077