Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुलभलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर

सुलभलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं। व्यवसायी सुलभ अग्रवाललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ। 

अग्रवाललाई गैरकानुनी थुनामा राखेको भन्दै उनका बुवा शंकरलाल अग्रवालले शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेका हसन्।

उक्त रिटको पेसी वैशाख १४ गतेका लागि तोकिएको छ।

बिचौलिया दीपक भट्टका साझेदार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाल पनि चैत्र २१ गते भैरहवाबाट पक्राउ परेका थिए । सुलभमाथि पनि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेको छ ।

अग्रवालमाथि अनुसन्धान गर्न यसअघि ५ दिन म्याद थप गरिएको थियो भने बैशाख ९ पनि थप अनुसन्धान गर्न  सात दिनको म्याद थपिएको छ ।

यसअघि सुलभ पक्राउ पर्नुअघि नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल पनि पक्राउ परेका थिए ।

भट्ट पक्राउ परेसँगै फरार रहेका सुलभ बुबा शंकरलाई प्रहरीले नियन्त्रणमा लिएसँगै प्रहरीको सम्पर्कमा आएका थिए। त्यसपछि शंकरलाई बयान सकेर छोडिएको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077