सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लाको बर्जु गाउँपालिका-५, गोचाकामत टोलबाट शुक्रबार राति करिब २ सय ५७ किलो ४५ ग्राम गाँजा बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सीतागञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा बाप्र ०१-०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट उक्त परिमाणको गाँजा फेला पारेको हो।
गाँजा बरामद भए पनि गाडीका चालक भने फरार भएका छन् । प्रहरीले गाडी नियन्त्रणमा लिई फरार चालकको खोजी कार्य तीव्र पारेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।