Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लम्कीदेखि धनगढीसम्म लागूऔषध धन्दा, सातजना पक्राउ

लम्कीदेखि धनगढीसम्म लागूऔषध धन्दा, सातजना पक्राउ

मंगलवार , पौष २२, २०८२

धनगढी । कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध (खैरो हेरोइन) सहित सात जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार बिहान लम्कीचुहा नगरपालिका–१ स्थित लम्की चोकबाट रूपन्देहीको मायादेवी गाउँपालिका–३ का २३ वर्षीय बिनय मिश्रलाई १६ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय लम्की तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैदिन गोप्य सूचनाका आधारमा भजनी नगरपालिका–३ कुसमघाटबाट टिकापुर नगरपालिका–२ नयाँबस्तीका २४ वर्षीय निखिल शाह र लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय श्याम बमलाई पक्राउ गरिएको छ ।

उनीहरूको साथबाट १२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै जनालाई प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै, धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट गौरीगंगा नगरपालिका–४ राजिपुरका २२ वर्षीय बिबेक बराल र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का १९ वर्षीय नबिन सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट १८० मिलिग्राम लागूऔषध बरामद गरिएको छ।

सोमबार साँझ धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट २५ वर्षीय राजकुमार रानालाई ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ भने धनगढी उपमहानगरपालिका–३ चौराहाबाट २७ वर्षीय किसनलाल गुप्तालाई १ ग्राम १३० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गुप्तालाई वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीसहितको टोलीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077