Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिका आँधीमा परेर मृत्यु हुनेको संख्या २४ पुग्यो

    अमेरिका आँधीमा परेर मृत्यु हुनेको संख्या २४ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    एजेन्सी । अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको अमेरिकी अधिकारीले बताएका छन्।

    त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पु¥याएको अधिकारीहरुले जानकारी दिएका छन् ।



    टेनेसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पु¥याएको क्षतिबारे भने, ‘आँधीका कारण ‘यसपटक २४ व्यक्तिको मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।’



    न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण १४० भन्दा बढी भवन भत्किएका र कैयौ व्यक्ति भवन भग्नावशेषमा पुरिएका जनाएको छ । –एएफपी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार