Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्रीलाई मृगौला दिने अंगदाता समीक्षाको शल्यक्रिया सकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका लागि अंगादाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिएकाे छ ।

त्रिवि शिक्षण अस्पतालमा बिहान साढे १० बजेदेखि जारी प्रत्यारोपणका क्रममा चिकित्सकहरुले संग्रौलाको शल्यक्रिया सकेका हुन् ।

चिकित्सका अनुसार शल्यक्रिया गरेर समीक्षाको शरीरबाट देव्रे मृगौला निकालिएको हो । उक्त मृगौला अब प्रधानमन्त्री ओलीको शरीरमा उक्त प्रत्यारोपण गरिने छ।

एक चिकित्सकका अनुसार अबको डेढ घण्टासम्ममा प्रधानमन्त्रीको शरीरमा उक्त मृगौला प्रत्यारोपण गरिसकिने छ ।

मृगौला प्रत्यारोपण पूरा भइसकेपछि करिब २ घण्टाको अवधिमा प्रधानमन्त्री ओलीको होस खुल्ने चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओली १३ वर्षपछि दोस्रोपटक मृगौला पत्यारोपण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077