Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना भाइरसः लण्डनमा चिनियाँ मूलका नागरिक कुटिए

    कोरोना भाइरसः लण्डनमा चिनियाँ मूलका नागरिक कुटिए

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    एजेन्सी । लण्डनमा २३ वर्षीय एक चिनियाँ मूलका नागरिकमाथि आक्रमण भएको छ । जोनाथन मोकले आफूमाथि कोरोना भाइरससम्बन्धी रङ्गभेदी आक्रमण भएको गुनासो गरेका छन् । आक्रमणपछि उनको अनुहारमा गम्भीर चोट लागेको छ ।

    जोनाथनले सोमबार आफ्नो फेसबुकमा आफूलाई लण्डनको राजधानीमा अवस्थित अक्सफोर्ड स्ट्रिटमा रहेको व्यस्त सपिङ एरियामा समूहमा आएका केही व्यक्तिले आक्रमण गरेको लेखेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटना गत फेब्रुअरी २४ तारिखमा स्थानीय समयनुसार बेलुका सवा ९ बजे भएको हो ।



    ‘एक व्यक्तिले मलाई लात्ती हान्दै भने, ‘म तेरो देशको कोरोना भाइरस हाम्रो देशमा चाहन्नँ’ भन्दै अर्को मुक्का हानिहाले । उनको मुक्काले मेरो नागबाट रगत बगिरहेको थियो,’ मोकले लेखेका छन् ।



    उक्त आक्रमणका कारण उनका अनुहारका केही हड्डीसमेत भाँच्चिएको र यसका लागि शल्यक्रियाको आवश्यकतासमेत पर्नसक्ने डाक्टरले उनलाई बताएको मोकले जानकारी दिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार