Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘नेपालमा अहिलेसम्म कसैलाई कोरोना भेटिएको छैन’

    ‘नेपालमा अहिलेसम्म कसैलाई कोरोना भेटिएको छैन’

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्, ‘नेपालमा यो भाईरसको परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा हामीले पनि यसको नमूना परीक्षण हङकङ पठाएका थियौं । त्यतिबेला हामीलाई ठूलो क्रिटिसिजम पनि भयो । तर, अहिले हामी आफैंले परीक्षण सुरु गरिसकेका छौं ।’

    बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै निर्देशक झाले कोरोनाको परीक्षण थ्रोट स्वाब र नाकबाट पनि लिने गरिएको सुनाइन् । र, उनले कोरोनाको लक्षण बाहिर कुरा आएजस्तै रुघाखोकी र ज्वरा नै भएको सुनाइन् । साक्षात्कारमा बोल्दै उनले यो भाईरसको परीक्षणको लागि लामो प्रक्रिया भएको पनि सुनाईन् । उनले भनिन्, ‘यसको परीक्षण भनेको पिसिआर. हो, हामीले पनि रियल टाईम पि.सि.आर. हेर्ने हो ।’ आफूहरुसँग अहिले चार वटा मेशिन रहेको पनि उनले सुनाईन् ।



    निर्देशक झाले अहिलेसम्म गरिएको परीक्षणहरु सबै नेगेटिभ आएको पनि सुनाइन् । उनले भनिन्,‘हामीले गरेका परीक्षणमा कुनै पिन पोजिटिभ भेटिएन् ।’ दश जनाको परीक्षणपश्चात् पनि आफूहरुले पूनः भेरिभाईको लागि हङकङ पठाएको र उताको रिपोर्ट पनि आफूहरुसँग मिलेको उनले स्मरण गराइन् ।



    झाले आफूहरुले गरेको परीक्षणको कामसमेत विश्व स्वास्थ्य संगठनले ठीक छ भनेर भनेको सुनाइन् । त्यस्तै, हालै चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपालीहरुको पनि परीक्षण गर्दा रिपोर्ट राम्रो आएको र कसैलाई पनि कोरोना नदेखिएको उनले जानकारी दिइन् ।

    उनले आफूहरुको ल्याबलाई डब्लु.एच.ओ.ले मान्यता दिएको सुनाउँदै हप्तामा ५ सय जनाको परीक्षण गर्न सकिने ल्याबको क्षमता सुनाइन् । उनले हालैमात्रै दक्षिण कोरियाबाट आएको नेपाली जसलाई ‘श्वासप्रश्वासको समस्या र ज्वरो आएको थियो’ परीक्षण गर्दा उनको पनि रिजल्ट नेगेटिभ आएको जानकारी दिइन् । उनले आफूहरुले ल्याबमा काम गर्दा उच्च सतर्कता अपनाएको पनि विश्वास दिलाइन् ।

    उनले नेपाललाई कोरोनामुक्त बनाउनको लागि सबैले मिलेर काम गर्नुपर्ने र आफूले पनि यही कामना गरेको बताइन् । उनले भनिन्, ‘सबैले मास्क प्रयोग गरौं । विशेषतः रुघाखोकी लागेकाहरुले झनै यसको प्रयोग गर्न जरुरी छ । लगातार साबुन पानीले हात धुनुपर्छ ।’

    उनले यो भाइरस हावामा कति दिनसम्म बाँच्न सक्छ ? भनेर अहिलेसम्म आधिकारिक तथ्य बाहिर नआएको पनि स्पष्ट पारिन् । उनले भनिन्, ‘यो विषय अहिले पनि अध्ययनको विषय हो । १०० प्रतिशत रिसर्च भैसकेको छैन् ।’ यद्यपि ९ दिनसम्म पनि बाँच्ने र कसैले २४ देखि ४८ घण्टासम्म पनि बाँच्छ भनेको उनले सुनाइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार