Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बैंककै मिलेमतोमा कीर्ते चेकको भुक्तानी !

    बैंककै मिलेमतोमा कीर्ते चेकको भुक्तानी !

    यदुनाथ बञ्जारा
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    पोखरा । श्रृखलाबद्ध रुपमा वित्तीय संस्थालाई ठगी गर्दै आएका एक व्यक्तिको धन्दा देखेर कास्की प्रहरी नै तीनछक परेको छ । एउटा घटनालाई लिएर प्रहरी अनुसन्धान गरिरहँदा पर्वत कार्कीनेटा स्थायी घर भई पोखरा–७, बस्ने सरोज पौडेलको अर्को कर्तुत पनि खुलेपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको छ ।
    नक्कली ब्लुबुक बनाएर ऋण लिएको आरोपमा पक्राउ परेका पौडेलमाथि अनुसन्धान हुँदा कीर्ते चेकको पनि पोल खुलेको हो । पौडेललाई प्रहरीले चेक अनादर मुद्दामा पनि अनुसन्धान थालेको हो ।
    पौडेलले होटल मनकामना दर्शनले दिएको ओम डेभलपमेन्ट बैंकको ९ लाखको चेकलाई सच्चाएर ९९ लाख बनाएर कामना सेवा विकास बैंक मार्फत क्लियरिङ हालेका थिए । यो घटनाले ओभरल्याप पर्ने गरी सच्चाइएको चेक लिएर क्लियरिङ पठाउने कामना सेवा विकास बैंकको पनि मिलेमतो हुन सक्ने देखिएको छ ।
    सामान्यतयः डवल राइटिङ र केरमेट भएको चेक समेतलाई स्वीकार्न बैंकहरुले इन्कार गर्दछन् । तर, पौडेलले सच्चाएको उक्त चेक भने कामनाले क्लियरिङमा पठाएको घटनाप्रति बैंकको नियतमाथि गंभिर प्रश्न उब्जेको छ । यस प्रकरणमा चेक सच्चाउने पौडेललाई मात्र नभई शंकास्पद ढंगले ‘नाइन’ लाखको चेकलाई ‘नाइन्टीनाइन’ बनाएको प्रष्ट देखिने चेक बुझेर सदर गरी क्लियरिङ सिस्टममा पठाउने कामना सेवा विकासको भूमिका नं शंकास्पद देखिएको छ ।
    कामनालाई नेपाल राष्ट्र बैंक र नेपाल प्रहरी दुवैले अनुसन्धानको दायरामा ल्याउनपर्ने बैंकका कर्मचारीहरु नै बताउँछन् ।
    उनै पौडेल अहिले फेरि नक्कली ब्लुबुक बनाएर सहकारीबाट ऋण लिन सफल भएका छन् । यातायात व्यवस्था कार्यालयमा दर्ता नै नरहेको गाडीको व्लुबुक बनाएर पौडेलले विरौटा वचत तथा ऋण सहकारी संस्थाबाट २० लाख रुपैयाँ ऋण लिएको खुलेको हो ।
    पौडेलले २०७३ जेष्ठ १८ गते ऋण लिएको पाइएको छ । ग२च ३१३७ नम्वरको गाडीको ब्लुबुक पेश गरेर पौडेलले ऋण लिएका हुन् । ऋण लिँदा सहकारीमा राखेको धितो यातायात कार्यालयमा आधिकारिक दर्ता नै नरहेको पाइएपछि यातायात कार्यालय गण्डकीमा बुझ्दा ढड्डामा सहकारीको छाप मात्र लगाइएको तर, कुनै पनि कर्मचारीहरुले प्रमाणित नगरेको देखिएको यातयात कार्यालयका प्रमुख सुन्दर शर्माले बताए । यस विषयमा कुरा गर्दै उनले भने–‘सवारी साधन दर्ता भएको पुष्टि हुँदैन तर, सहकारीले के आधारमा ऋण प्रवाह ग¥यो भन्ने बुझ्न सकिएन ।’
    त्यसो त ऋण लिनु अघि पौडेलसँग विरौटा सहकारीका ऋण संयोजक नविन भट्टराई यातायात व्यवस्था कार्यालयमा रोक्का सनाखत गर्न गएका थिए । भट्टराई स्वयम्को अगाडि पौडेलले यातायातको ढड्डा र ब्लुवुक कसरी मिलाए ? त्यस बेला सहकारीका प्रतिनिधिले सवारी दर्ताको सनाखत गरी सहि छाप लगाउँदा किन ख्याल गरेनन् ? प्रश्नहरु गम्भिर र सोचनिय छन् ।
    त्यस बेला यातायात कार्यालय मै पुगेका ऋण संयोजक भट्टराई ढड्डामा छाप लगाएको तर, कर्मचारी सँग भेटघाट कुराकानी केहि नभएको बताउँछन् । भट्टराई भन्छन्–‘सरोजले लेखापढी व्यवसायीसँगको सेटिङमा यातायातको कागज पत्र मिलाएर मलाई र सहकारीलाई नै गुमराहमा पारेर २० लाख ऋण फुत्काउन सफल भयो ।’
    यता, आफै अध्यक्ष रहने गरी स्थापना गरेको अनुकुल कृषि सहकारी संस्थालाई पनि धरापमा पारेर पौडेल वर्हिगमनमा परेका थिए । विभिन्न व्यक्ति र आफ्नै लागि ऋण लिएर सहकारीलाई संकटमा पर्न थालेपछि सरोजलाई हटाएर नयाँ अध्यक्ष चयन गरिएको छ । सरोज नेकपा पर्वतका कार्यकर्ता र फलेवास नगरपालिकाका मेयर पदममाणी शर्माका विश्वासपात्रका रुपमा चिनिन्छन् । (यूनाइटेड पोस्ट साप्ताहिक)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार