Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाको कारण इटलीमा सबै स्कूल–कलेज बन्द हुने

    कोरोनाको कारण इटलीमा सबै स्कूल–कलेज बन्द हुने

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । चीनबाट फैलिएकाे नाेबेल कोरोना भाइरसले बिस्तारै पूरा संसारलाई नै प्रभावित पारिरहेको छ । यो भाइरस अब युरोप र एशियाबाहेक दक्षिण अमेरिकाका थुप्रै देशमा पुगिसकेको छ ।

    अहिलेसम्म तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ भने करिब ७० देशमा यो भाइरस फैलिसकेको छ । चीनमा मात्रै अहिलेसम्म २ हजार ८ सय ८१ जनाको मृत्यु भइसकेको छ ।



    चीन बाहिर सबैभन्दा धेरै असर दक्षिण कोरिया र इरानमा देखिएको छ । इरानमा अहिलेसम्म ९२ जनाको मृत्यु भइसकेको छ । इटलीले देशभरीकै स्कूल–कलेजलाई मार्चको मध्यसम्म बन्द गर्नेबारे विचार गरिरहेको छ ।



    कोरोना भाइरसका शिकारः

    बुधबार इटलीको सरकारले स्कूल कलेज बन्द गर्ने /नगर्ने विषयमा बैठक बसेको थियो ।

    बैठकपछि इटलीकी शिक्षामन्त्री लूसिया अजोलिनाले भनिन्, ‘इटलीको समाचार एजेन्सी अनसा र अन्य स्थानीय च्यानलमा स्कूल–कलेज बन्द गर्नेबारे जुन खबर चलिरहेको छ त्यसमा अहिलेसम्म कुनै पनि निर्णय लिइएको छैन तर अबको केही घण्टामा यसबारे निर्णय गरिनेछ ।’

    ब्रिटेनमा अहिलेसम्म ८५ जनामाथि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

    ब्रिटेनका चीफ मेडिकल अफिसर प्रोफेसर क्रिस विट्टीले अहिले ३२ थप नयाँ संक्रमित देखापरेका छन् ।

    ब्रिटेनमा संक्रमणको खतरालाई कम गर्नका लागि डाक्टरले धेरैभन्दा धेरै भिडियो कन्फरेन्सिङको प्रयोग गर्न सल्लाह दिइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार