Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा कोरोनाको संक्रमित बढ्दै

    भारतमा कोरोनाको संक्रमित बढ्दै

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    चीनबाट सुरु भइ विश्वव्यापी रुपमा फैलिएकाे नाेबेल कोरोना भाइरसको संक्रमण दक्षिण छिमेकी मुलुक भारतमा बढ्दो दरमा देखिएको छ । भारतमा कोरोनाको संक्रमण फैलिन थालेपछि जनजीवन प्रभावित बनेको छ ।

    भारतमा २९ जनामा कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि भएको छ । २६ जना पछिल्लो तीन दिनमा फेला परेका संक्रमित हुन् । यसअघि ३ जनामा फेब्रुअरीमा संक्रमण देखिएको थियो ।



    सोमबार २, मंगलबार ८ तथा बुधबार इटालीबाट फर्केका १५ जना र पेटिएमको गुडगाउँमा कामा गर्ने एक १ जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो । यी कर्मचारी पनि हालै इटालीबाट फर्केका थिए । भारतमा कोरोनाको संक्रम फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै भारत सरकारले १९ नयाँ ल्याब संचालनको तयारी गरेको जनाइएको छ ।



    कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिइसकेको छ । कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।

    चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा २ सय ९० जनाको मृत्यु भएको छ । कोइराल र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ । खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

    कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको डब्लुएचओले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाइ छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौति रहेको बताएका छन् ।

    विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताएका थिए । टेड्रोसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी अझ ठूलो चुनौतीको रुपमा खडा भएको जनाएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार