Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • मास्कमा कालोबजारी गर्ने ६ फर्ममाथि कारबाही

    मास्कमा कालोबजारी गर्ने ६ फर्ममाथि कारबाही

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । चीनबाट फैलिएकाे कोरोनाभाइरसको नेपालमा समेत जोखिम उच्च भइरहेका बेला मास्कमा कालोबजारी गर्ने विभिन्न ६ वटा फर्ममाथि सरकारले कारबाही गरेको छ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि गरेको बजार अनुगमनका क्रममा बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।



    नेपाल केयरले मास्क भइभई पनि नभएको भन्दै कृत्रिम अभाव सृजना गर्दै बढी मूल्यमा विक्री गरेको पाइएको थियो । यस्तै बिलबिना नै महँगोमा मास्क बिक्री गरेको आरोपमा सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ जरिबाना तिराइएको छ । अन्य ८ वटा फर्मलाई सचेत गराइएको विभागले जनाएको छ ।



    विभागले त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ । यी विक्रेताले पनि बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेका थिए । मास्क, स्यानिटाइजर लगायतका मेडिकल सामग्रीको कालोबजारी गर्नेमाथि सरकारले निगरानी बढाएकाे छ। यसअघि सोमबार विभागले सोमबार त्रिपुरेश्वरकै स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ ।

    कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।

    चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा २ सय ९० जनाको मृत्यु भएको छ । कोइराल र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ । खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

    कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ ।डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौति रहेको बताएका छन् ।

    विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताए । टेड्रोसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी अझ ठूलो चुनौतीको रुपमा खडा भएको जनाएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार