Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पश्चिमी वायुको प्रभावः मेघ गर्जन तथा हावाहुरी र असिनाको सम्भावना

    पश्चिमी वायुको प्रभावः मेघ गर्जन तथा हावाहुरी र असिनाको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 1.3K
    SHARES

    काठमाडौं । मुलुकका पहाडी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव स्वरुप आंशिक बदलीसहित हावाहुरी र असिनाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले देशका पश्चिमि भू-भागका लगायत मध्य र पुर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।



    त्यस्तै महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज देशका पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको हो ।



    आगामी तीन दिनको मौसम पूर्वानुमान

    फागुन २२ गते (बिहिबार)

    दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना साथै मध्य र पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

    रातिः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा गर्जन/चट्याङ/हावाहुरी/असिना र पूर्वी पहाडका एक/ दुई स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ।

    फागुन २३ गते (शुक्रबार)

    दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पुर्वका भू-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भू-भागका केहि स्थानहरुमा र मध्य र पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ /हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

    रातिः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्यका केही स्थानहरुमा र पूर्वी पहाडका थोरै स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

    फागुन २४ गते (शनिबार)

    दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्/हावाहुरी/असिना सहित वर्षाको सम्भावना समेत रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

    रातिः देशभका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशका पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार