Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्माणाधिन पुल भत्किँदा तीन मजदूर घाइते

    निर्माणाधिन पुल भत्किँदा तीन मजदूर घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2K
    SHARES

    तनहुँ । तनहुँमा निर्माणाधिन पुल भत्किँदा तीन मजदूर घाइते भएका छन् । जसमा एक जनाकाे अवस्था गम्भीर रहेकाे छ। भानु नगरपालिकाको तुरतुरे र गोरखाको पालुङटार जोड्ने निर्माणाधिन पुल भत्किँदा बर्दिया घर भएका सुनील चौधरी, राज चौधरी र सन्दिप चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

    मर्स्याङ्दी नदीमाथि बनाइँदै गरिएको पुल निर्माणको क्रममा बिछ्याइएको फर्मा ढल्दा तीन कामदार घाइते भएका हुन् । सुनीलको अवस्था गम्भिर रहेको र काठमाडौंमा उपचार भइरहेको डीएसपी बासुदेव खतिवडाले बताए । अन्यको भने स्थानीय मेडिकलमा उपचार भएको छ ।



    ढलानका लागि फर्मा बिछ्याउन राखिएको करिव तीन हजार टेका ढलेर दुर्घटना भएको ठेकेदार कम्पनीका इन्जिनियर प्रेम अधिकारीले बताए । खगौरी पार्वती निर्माण सेवा प्रालिले पुल निर्माणको काम गरिरहेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार