Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बस र ट्रक ठोक्किदा नौ जना घाइते

    बस र ट्रक ठोक्किदा नौ जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनमा बस र ट्रक ठोक्किदा नौ जना घाइते भएका छन्। राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक ठोकिएर दुर्घटना भएकाे हाे।

    जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान २ बजे वीरगंजबाट काठमाडौंका लागि छुटेको ना. ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना. ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका-९ नमूना पेट्रोलपम्प अगाडि ठोकिएको थियो।



    बसमा सवार ३४ मध्ये नौ घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको छ। दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा छन्। बस चालक फरार रहेको प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले बताए। रासस



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार