Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • डोटीमा स्वास्थ्य बीमा शुरू

    डोटीमा स्वास्थ्य बीमा शुरू

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    डोटी। यहाँ स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले दिपायलमा एक कार्यक्रमका बीच दुई वृद्धाको बीमा गरी स्वास्थ्य बीमा शुरू गरेका हुन्।



    उनले यस अभियानमा गाउँ-गाउँसम्म प्रभावकारी बनाउन निर्देशनसमेत दिए।



    बीमा अभियानअन्तर्गत पूर्ण अपांगता व्यक्ति, ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख रमेश मलासीले बताए।

    स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ। एकाघरका पाँचजना सम्मको परिवारलाई तीन हजार ५०० र पाँचभन्दा बढी भए प्रतिएकजना बराबर ७०० रूपैयाँका दरले वार्षिक प्रिमियम लाग्नेछ ।

    योसँगै सुदूरपश्चिमका नौ वटै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ।

    सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका डा. भूषण मिश्रले हालसम्म ४८८ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार भइसकेको बताए।

    प्रदेशको कूल जनसंख्या २५ लाख ५२ हजार ५१७ रहेकोमध्ये हालसम्म दुई लाख ४६ हजार २०३ जना स्वास्थ्य बीमामा आवद्ध भएका छन्। रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार