Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बलात्कार आरोपित प्रदेश सांसद ५ दिन थुनामा, गर्भावस्थामा बलात्कार प्रयास गरेको आरोप

    बलात्कार आरोपित प्रदेश सांसद ५ दिन थुनामा, गर्भावस्थामा बलात्कार प्रयास गरेको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलमाथि लागेकाे बलात्कार प्रयासको आरोपमा ५ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएकाे छ। जिल्ला अदालत कैलालीले प्रदेशसभा सदस्य रावललाई ५ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतसमक्ष ५ दिन म्याद थपको माग गरेको थियो । थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद थपको माग गरेपछि बिहीबार जिल्ला अदालतमा त्यस सम्बन्धि बहस भएको थियो ।



    धनगढीकै एक महिलाले नेकपा सचेतकसमेत रहेका रावलले गत माघ २१ गते बलात्कार प्रयास दाबी गर्दै यसै फागुन १४ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् । सुरक्षा स्रोतका अनुसार ती महिलाले प्रहरी कार्यालयमा दर्ता गराएको जाहेरीमा रावलले आफू गर्भवती रहेको उल्लेख गरेकी छिन् ।



    उनले श्रीमान् काठमाडौ गएको मौकामा सांसद रावल मध्यान्ह्र आफ्नो कोठामा आएर बलात्कार प्रयास गरेको विवरण उल्लेख गरेकी छिन् । त्यसक्रममा आफू फुत्किन सफल भई घरको छतमा गएर अरुलाई जानकारी गराएपछि सांसद रावल आफ्नो कोठाबाट भागेको उनको दाबी छ । जाहेरीअनुसार त्यसपछि रावलले आफ्ना श्रीमानलाई फोन गरेर कसैलाई भनेमा मार्दिने बताएको उल्लेख गरेकी छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार