Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु

    ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    फाइल फोटो

    भरतपुर । चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो भरतपुर महानगरपालिका २९ पन्ध्र किलोमा काठमाण्डौ बाट नारायणगढ तर्फ जादैँ गरेको ना ३० प ९५६९ नम्बरको मोटरसाइकल सोही स्थानमा रोकी राखेको ना७ख ४९५१ नम्बरको ट्रकमा ठोक्किदाँ मोटरसाइकल चालक नवलपुर कावासोती ९ बस्ने बर्ष ३८ को नर बहादुर थापाको मृत्यु भएको हो । उनको उपचारको क्रममा बिहिबार चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
    प्रहरीका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए ।
    उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकलमा पछाडी सवार मृतकका छोरा बर्ष ५ को बिबस थापा मध्यम र नवलपुर कावासोती ९ कै बर्ष २७ को अमृत बोहोरा समान्य छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार