Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रहरीमा एआईजीले गर्नुपर्ने काम डिआईजी र एसएसपीलाई

    प्रहरीमा एआईजीले गर्नुपर्ने काम डिआईजी र एसएसपीलाई

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीमा ठाकुर ज्ञवाली आईजीपी बनेपछि संगठनका धेरै विभाग निमित्तका भरमा चलेका छन् । सर्वेन्द्र खनालसँगै एआइजीदेखि डिआइजीसम्मले अबकाश पाएपछि संगठनको महत्वपूर्ण विभाग र कार्यालयको जिम्मेवारी निमित्तकै भरमा चलेको छ ।

    अहिले एआईजीले गर्नुपर्ने काम डिआईजी र एसएसपीले गरिरहेका छन् । एकैचोटी धेरै प्रहरीको अवकाशले अहिले विभाग र कार्यालय निमित्तकै भरमा चल्नु परेको हो । आईजीपी ज्ञवालीका व्याजी डिआईजी सूर्यप्रसाद उपाध्यायलाई महत्वपूर्ण विभाग मानिने प्रबन्धको जिम्मेवारी दिइएको छ ।



    मानव स्रोत एवम् प्रशासन विभागका डिआइजी नारायण सिंह खड्काले अवकाश पाएसँगै अहिले एसएसपी धीरजप्रताप सिंहले निमित्त भएर काम गरिरहेका छन् । दुई नम्बर प्रदेश बाहेक अन्यमा एसएसपीहरुले निमित्त भएर काम गरिरहेका छन् ।



    त्यस्तै केही दिन एआईजीमा बढुवाका लागि सिफारिस भएका डीआईजीहरु तारणी लम्साल, शैलेष थापा र हरीबहादुर पाललाई मन्त्रिपरिषदले प्रक्रिया पूरा गरेर एआईजीमा नियुक्त गरेपछि मात्र उनीहरुले एआईजीको जिम्मेवारी पाउनेछन् ।

    त्यस्तै डिआईजीमा २२ पद रिक्त छ । ठूलो मात्रामा डिआईजी पद रिक्त भएकाले तीन व्याचका एसएसपीहरु बढुवाका लागि दौडधुप गरिरहेका छन् । गृह मन्त्रालयले भने डिआईजीको दरबन्दी संख्या घटाउन लागेको छ । अहिले नेपाल प्रहरीमा प्राविधिकसहित ३४ डिआईजी पद रहेकोमा झण्डै १० डिआईजी पद घटाउनका लागि गृह मन्त्रालयमा सोमबार गृह सचिव महेश्वर न्यौपाने र आईजीपी ठाकुरप्रसाद ज्ञवालीबीच छलफल भएको थियो ।

    तर, प्राविधिक र जनपथतर्फ कति–कति घटाउने भन्ने विषयमा अझै कुरा मिलिसकेको छैन । गृह मन्त्रालयले प्रहरीमा समायोजन प्रक्रिया अगाडि बढाएसँगै दरबन्दीको विवरणमा समेत समस्या देखिएको छ । प्रदेश र संघका लागि आवश्यक प्रहरी दरबन्दीको विवरण तयार भइरहेका बेला डिआईजीको संख्या घटाउन लागिएपछि आईजीपी ज्ञवाली रुष्ट बनेको स्रोत बताउँछ ।

    रिक्त रहेको डीआइजीका लागि एसएसपीहरु धनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल शाह धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, दिवेश लोहनी, रविन्द्र धानुक दाबेदारका रुपमा देखिएका छन् ।

    त्यसैगरी एसएसपीहरु सहकुलबहादुर थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला पनि बढुवाका लागि प्रतिस्पर्धामा छन् । गृह मन्त्रालयले डिआईजीबाट एआईजी बढुवामा सिनियरिटी, योग्यता र क्षमतालाई प्राथमिकतामा राखेर बढुवा गरेपछि एसएसपीबाट डिआईजीमा पनि सोही मापदण्ड अपनाउन लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार